शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

ओलीलाई लक्षित गर्दै नेपालले भने : सातो गएको हुनसक्छ, होस नगुमाउनू

ओलीलाई लक्षित गर्दै नेपालले भने : सातो गएको हुनसक्छ, होस नगुमाउनू

आफुहरुलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लागने उनलको भनाइ

बुधबार, कात्तिक २७ २०८२
बुधबार, कात्तिक २७ २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन ।

    बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सक्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन, । उनले एकताको प्रकिया निरन्तर अलि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । 

    नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीप्रति लक्षीत गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे । आफुहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफुहरुलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लागने उनलको भनाइ छ । 

    उनले भने, “एकताको प्रक्रिया अघि बढीरहेको छ । एकताको यो अभियान अघि बढीरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ । होस् हवास गुमेको हुनुपर्छ । होस् गुमाउनु आवश्यक छैन् । गाली गलौचमा उत्रिनुपर्ने आवश्यकता छैन् । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारे तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पारित गर्नुहोस् ।”

    सहसंयोजक नेपालले कार्यक्रममा एकता गरेको मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार