काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयमा विवाद चर्किएपछि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर एक होटलमा शपथ गराएपछि मधेश प्रदेशसभाका अन्य दलका नेता तथा कार्यकर्ताहरुले आज बिहानैदेखि प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोडमा उत्रिएका हुन् ।
प्रदेश प्रमृख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग गदै प्रर्दशनमा उतिएकाहरुले तोडफोड गरेका हुन । नेपाली कांगेस जनता समाजवादी पार्टि लोकतान्तीक समाजवादी पार्टि सहिदका प्रदेश सांसद र कार्यकताहरुले तोडफोड गरेका हुन । प्रदेश प्रमुखको कार्यालय अगाडि रहेका. गमलाहरु समेत तोडफो गरिएको छ उनिहरुले प्रदेश प्रमुख कार्यालय अगाडी नाराबाजी जारी राखेका छन ।
अस्वस्थ भएर उपचारका लागी काठमाडौं हिडेकी प्रदेश प्रमुख भण्डारीका एमालेका सरोजकुमार यादवलाई ठुलो दलको हैसियतमा मुख्यमन्ती नियुक्त गरेकी थिइन । उनले यादवलाई बर्दिवासबो एक होटलमा शपथ गराएकी थिइन ।
प्रदर्शमा उत्रिएकाहरुले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्नूको साथै प्रहरी र कर्मचारीहरुलाई समेत हातपात गरेका थिए ।
