शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता 

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता 

उनले नेपालको पछिल्लो घटनाको सन्दर्भमा नेपालले आफ्नो समस्या आफै समाधान गर्न नेपालका संस्थाहरु सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको

मंगलबार, कात्तिक १९ २०८२
मंगलबार, कात्तिक १९ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

    कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन कताको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटार्ता भएको हो । 

    राष्ट्रपति पौडेलले कोपन हेगन प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रसंशा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघ सँग निकट रही काम गर्न नेपाल तयार रहेको बताएका थिए । 

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचन घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशिल रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्र सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको जनाइएको छ । 

    सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल जस्ता मुलुकहरुका लागि जलवायु अनुकुलनका लागि विकासित देशहरुबाट सहयोग उपलब्ध गराउन राष्ट्रसंघ लागिरहेको बताउँदै कार्वन उत्सर्जन घटाउन पनि आफूहरु लागिरहेको बताएका थिए । 

    महासचिव गुटेरेसले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको बताउँदै उनले नेपालको पछिल्लो घटनाको सन्दर्भमा नेपालले आफ्नो समस्या आफै समाधान गर्न नेपालका संस्थाहरु सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार