काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गत भदौ २३ र २४ गते जनेजी आन्दोलनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा इलामका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको उनले जानकारी दिए ।
मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोकेको प्रवक्ता खरेलले जानकारी दिए ।
