काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।
आज सम्पन्न भेलाले पार्टीका पोलिटब्यूरो सदस्य चिरन पुन मिलनको नेतृत्वमा ७५ जना केन्द्रीय सदस्यीयहरुले नयाँ पार्टीको गठन गरेका हुन् । वैचारिक मतभेद रहेकाले आफूहले नयाँ पार्टी गठन गरेको पुनले बताए ।
भेलाले नेकपा विप्लवसहित समाजवादी मोर्चामा रहेका र अन्य क्रान्तिकारी विचार धारा भएकाहरुलाई एकतामा आउन आह्वान गरेकोछ । पुनको नेतृत्वमा गठन भएको नयाँ पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिएको छ ।
भेलाले गरेका निर्णयहरु शनिबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिने भएको छ । यो सँगै विप्लव नेतृत्वको नेकपा दोस्रा पटक विभाजन भएको हो ।
