काठमाडौं । बुँधबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने मिति तोकेको छ भने कात्तिक १७ गतेदेखि हुने राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।


