मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित २ युवक पक्राउ 

जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित २ युवक पक्राउ 

गिरीसँगको बयानको आधारमा थाप मगरसँग पनि गोली रहेको खुलेको

शनिबार, कात्तिक ९ २०८२
शनिबार, कात्तिक ९ २०८२
  • काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार नरेफाँटबाट पक्राउ गरेको हो । 

    गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको तीन थान गोली लाजिम्पाटबाट लुकाइएको अवस्थामा फेला पारेको हो । उनको डेराबाट ३११–२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेका छन् । गिरीसँगको बयानको आधारमा थाप मगरसँग पनि गोली रहेको खुलेको हो । 

    प्रहरीका अनुसार थापा मगरको काठमाडौं महानगरपालिका मालिका आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठामा खानतलासी गर्दा ३११–२३ लेखिएको पेस्तोलको २ थान गोली, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको छ । 

    उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको जनाइएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार