काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए ।
उनका अनुसार चिन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत र जापान राजदूतलाई कात्तिक २० गते सम्म फिर्ता हुन निर्देशन दिइएको हो ।
