काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।
“मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,” उनले भने, “उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”
जेनजी आन्दोलनपछि सभापति देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् ।
सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक तथा अलोकतान्त्रिक तवरले विघटन भएको बताए।
