काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध अर्काे जाहेरी पनि दर्ता भएको छ । मेयर बालेन र सुदनविरुद्ध युवराज सफल भनेर चिनिने युवराज पौडेलले आज काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।
युवराजले बालेन र सुनदविरुद्ध राजद्रोहको कसुरमा मुदा दिइएको जनाइएको छ । यो मुद्धालाई प्रहरी परिसरले जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिमा पठाइने जनाइएको छ ।
हिजो एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दिएका थिए ।
