मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

घुस डिल प्रकरण

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका थिए

मंगलबार, असार ३१ २०८२
मंगलबार, असार ३१ २०८२
  • काठमाडौं । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

    मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।

    विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका थिए भने सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मन्त्री गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका थिए ।

    घुस डिल प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारवाला राज्यका निकायलाई अनुसन्धानका लागि पत्राचार गरिने भएको छ ।

    भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र अन्य कर्मचारीहरूको सरुवा बढुवाका लागि मन्त्री गुप्ताले बिचौलियासँग लाखौंको डिल गरेको अडियो सार्वजनिक भएको भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार