काठमाडौंं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको हिंसात्मक आन्दोलन उनै बाट भएकोले छानबिन थालिएकाले विदेश भाग्ने आशंकाकाबीच सरकारले उनको पासपार्ट रद्द गर्ने प्रक्रिया अगाडी बढाएको उच्च सरकारी स्रोतले जनाएको छ ।
हिजोको राजावादी आन्दोलनमा हिंसात्मक गविधिको फिल्ड कमाण्डर दुर्गा प्रसाईं भए पनि उनलाई निर्देशन दिने र आर्थिक स्रोत जुटाउने काम ज्ञानेन्द्र शाहबाट नै भएको जनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहमाथि कारबाही प्रक्रिया अगाडी बढाउन विपक्षी दलहरुले सरकारलाई दबाब दिइरहेका छन् ।
ज्ञानेन्द्र शाहमाथि कारबाही प्रक्रिया अगाडी थालिएपछि उनी विदेश भाग्न सक्ने आशंकाका बीच उनको सरकारले उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडी बढाइएको हो । हिजोको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा दुई जनाको हत्या भएको छ ।
राजावादीहरुले आन्दोलनमा निजी भवन, सम्पत्ती, पार्टी कार्याय र मिडिया कार्यालयमा तोडफोड गर्नुको साथै लुटपाट समेत मच्चाएका थिए । सरकारले आन्दोलनमा हिंसा भड्कान समर्थकलाई उस्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर जबरासहितका नेता कार्यकर्ताहरुलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया आगाडी बढाएको छ ।
