आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

माओवादी केन्द्रको जागरण अभियान स्थगित, नेताहरु फर्किदै काठमाडौं

माओवादी केन्द्रको जागरण अभियान स्थगित, नेताहरु फर्किदै काठमाडौं

एक्कासी अभियान नै स्थगित गरेर शिर्ष नेताहरु काठमाडौं फर्किनुलाई निकै चासोका साथ हेरिएको

शनिबार, फागुन २४ २०८१
शनिबार, फागुन २४ २०८१
  • काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ स्थगित गरेको छ । 

    राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित गर्नु परेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । अभियान अन्तर्गत आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शिर्ष नेताहरु रौतहटमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । 

    अभियानकै क्रममा माओवादीका नेताहरुको अनौपचारिक बैठकपछि अभियानलाई केही दिन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । अभियान स्थगित गरेसँगै माओवादीका शिर्ष नेताहरु आजै संघीय राजधानी काठमाडौं फर्किने बताइएको छ । 

    माओवादी केन्द्रले फागुन १२ गतेदेखि झापाबाट एक महिने जागरण अभियान सुरु गरेको थियो । शिर्ष नेताहरु काठमाडौं फर्किपछि आइतबार पार्टीको पदाधिकारी बैठक बस्नेछ । सरकारको गलत रबैयाका कारण पश्चागामी शक्तिहरु सल्बलाउन थालेको माओवादीको निष्कर्ष रहेको एक नेताले जानकारी दिए । उनका अनुसार यो विषयमा पार्टीको पदाधिकारी बैठकमा गम्भिर छलफल हुनेछ । 

    पछिल्लो समय देशमा राजावादीहरुले सक्रियता बढाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह भोली पोखराबाट काठमाडौं आउने तयारी छ । उनको स्वागतको लागि राप्रपासहितका राजावादीहरुले सर्वसाधरणलाई एरपोर्टमा सहभागी हुन अपिल गरेका छन् । 

    एक महिने जागरण अभियान लिएर तराई–मधेश झरेको नेकपा (माओवादी केन्द्र) ले एक्कासी अभियान नै स्थगित गरेर शिर्ष नेताहरु काठमाडौं फर्किनुलाई निकै चासोका साथ हेरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार