काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।
दुई दिने नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच आज होटल सोल्टीमा भेटवार्ता भएको हो । यो भेटपछि द्धिपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुनेछ ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्धवारीकामा आयोजना गरेको दिवा भोजमा कतारी टोली सहभागी हुनेछ । त्यसपछि भने कतारी टोली आजै स्वदेश फर्किनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणमा आएका कतारी राजा थानीले राष्ट्रपति पौडेलसँग मंगलबार शितल निवासमा भेटवार्ता गर्नुको साथै शितल निवासमा आयोजित रात्री भोजमा सहभागी भएका थिए ।
कतारी राजा थानी पहिलो पटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा समेत दिएको थियो ।
