आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

सहकारी ठगी प्रकरण

रविलाई अर्काे संकट, थुनामा राख्नु पर्ने भन्दै सरकारी वकिल कार्यालय पुग्यो उच्च अदालत

रविलाई अर्काे संकट, थुनामा राख्नु पर्ने भन्दै सरकारी वकिल कार्यालय पुग्यो उच्च अदालत

सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका

सोमबार, माघ ७ २०८१
सोमबार, माघ ७ २०८१
  • पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुटेका सातै जनालाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ । 

    लामिछाने लगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको हो । उच्च सरकारी वकिल कार्यालय पोखराका सूचना अधिकारी महेश अर्यालका अनुसार जिल्ला अदालतको आदेश नमिलेको र सातै जनालाई थुनामा पठाउनुपर्ने भन्दै निवेदन दिएको हो ।

    सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

    यस्तै, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख,  लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार