आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक स्वयम्भुमा, यी एजेण्डामा हुँदैछ छलफल

रास्वपा केन्द्रीय समितिको बैठक स्वयम्भुमा, यी एजेण्डामा हुँदैछ छलफल

सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दालागेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिको जिम्मेवारीमा डिपी अर्याल रहेका छन् । 

शनिबार, पुस २० २०८१
शनिबार, पुस २० २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । आज बिहान साढे ८ बजेबाट स्वयम्भु स्टार ब्याङकेटमा रास्वपाको केन्द्रीय समितिको बैठक सुरु भएको हो । 

    आज र भोली गरी दुई दिन सम्म चल्ने रास्वपाको केन्द्रीय समितिको बैठकको आज पहिलो दिनको सुरुवातीमा समसामयिक राजनीतिक छलफल र रिर्पाेटिङ हुनेको साथै स्थानीय तह उपनिर्वाचनको विषयमा समिक्षा भैरहेको रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । 

    बुर्लाकोटीका अनुसार आजको बैठकमा संगठन समिक्षा र संगठन रणनीति, सहकारी सम्बन्धी अध्यादेश- २०८१, संसदमा दर्ता भएका विद्येयक र पार्टीका धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्ध लगायतका विषयमा छलफल हुने बताए ।

    बैठकको दोस्रो दिन भोली संविधान परिमार्जन सम्बन्धका साथै प्रस्तावनाको व्याख्या एवम् सर्वाङ्गीण विकासको भावी रोडम्याप, केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिङ्कट्याङ्क एवम् केन्द्रीय विभागको पुर्नसंरचना लगायतका विषयमा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

    सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दालागेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिको जिम्मेवारीमा डिपी अर्याल रहेका छन् । 

    472552284_3036308633183636_2905134014252973015_n.jpg

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार