काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १३३ रनको योगफल तयार गरेको हो । कर्णालीका देव खनाल र विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।
४७ बलको सामना गरेका बोसिस्टोले ५ चौका र ३ छक्काको मदतमा ६६ रन बनाएर आउट भए भने ४८ बलको सामना गरेका चार चौका र दुई छक्काको मदतमा ५३ रन बनाएर आउट भए । कर्णालीका शिखर धवन ५ रनमा आउट भए ।
कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । क्रिस सोल र बसिर अहमदले समान दुई–दुई विकेट लिँदा अकिब इलियासले एक विकेट चट्काए ।
