काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेपछि कर्णाली याक्सले ब्याटिङको निम्तो पाएको छ ।
केही बेरमा खेल सुरु हुँदैछ । दुवै टीम दोस्रो जितको खोजीमा छन् ।
