काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार प्रतियोगिताको पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबीच हुनेछ ।
सार्वजनिक तालिका अनुसार मंसिर १७ गतेदेखि दुई खेल हुनेछन् । पुस ३ गतेदेखि प्लेअफका खेल हुनेछन् भने पुस ६ गते फाइनल खेल हुनेछ ।
एनपीएलमा ८ वटा फ्रेन्चाइच टोली सहभागी छन् ।

