आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित नेता, कार्यकर्ता रिहा 

बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित नेता, कार्यकर्ता रिहा 

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले दिनहुँ विरोध प्रदर्शन गरिरहेको

मंगलबार, कात्तिक १३ २०८१
मंगलबार, कात्तिक १३ २०८१
  • काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित नेता, कार्यकर्ता रिहा भएका छन् । 

    पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै आज रास्वपाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका सांसदसहित ५१ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए । 

    बालुवाटार घेराउ गर्न गएका उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि उनीहरुलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले दिनहुँ विरोध प्रदर्शन गरिरहेको छ । 

    बालुवाटार केन्द्रीत प्रदर्शनमा उत्रिएका रास्वपाका नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार