आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

रवि लामिछने

सभापती लामिछाने पक्राउको रास्वपाद्वारा भर्त्सना

सभापती लामिछाने पक्राउको रास्वपाद्वारा भर्त्सना

सभापति लामिछनेलाई पक्राउ गरेर सरकारले सहकारी ठगी गर्नेहरूलाई उन्मुक्ति दिन खोजेको आरोप

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । रास्वपाका सभापती रवि लामिछनेलाई आज सहकारी ठगिको आरोपमा शुक्रबार पार्टी कार्यलयबाटै प्रहरीले पक्राउ गरेपछी पार्टीका कार्यवाहक प्रवक्ताले एक वक्तव्य जारी गरि भ्रत्सना गरेका छन् । 

    काठमाडौं । वक्तव्यमा उनले "हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौं । " भनेका छन् ।

    संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको आफ्नो ठम्याई रहेको प्रवक्ता झाले वक्तव्यमा उल्लेख गरेका छन् । उनले रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार भएको भन्दै कानुनका छिद्रमा टेकेर रास्वपा र आफ्ना सभापति माथि साँधिने राजनीतिक प्रतिशोध कदापि स्वीकार नहुने उल्लेख गरेका छन् ।

    शुक्रबार साँझ जारी वक्तव्यमा झाले आफ्नो पार्टीका सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको आरोप लगाएका छन् ।

    प्रवक्ता झाले आफुहरू नडराएको , नतर्सिएको तर परिवर्तनको लडाई थप बुलन्द भएको जारी वक्तव्य मार्फत जनाएका छन् ।

    रास्वपाका कार्यवाहक प्रवक्ताद्वारा जारी वक्तव्य 

    FB_IMG_1729261839248.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार