आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारीको रकम हिनामिना प्रकरण

रवि लामिछाने पक्राउ परे कार्यकर्ता उतार्ने रास्वपाको तयारी 

रवि लामिछाने पक्राउ परे कार्यकर्ता उतार्ने रास्वपाको तयारी 

अनुसन्धान गर्न बनेको संसदीय छानबिन समितिले लामिछानेसहितलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । 

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउ परे त्यसको प्रतिवादमा कार्यकर्ता उतार्ने तयारी गरेको छ । 

    लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने चर्चा चलेसँगै बनस्थिलिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ताहरु जम्मा हुन थालेका छन् । जिल्ला अदालत कास्कीले आजै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न सक्ने आँकलन गरिएको छ । 

    लामिछानेलाई पक्राउ गरी काठमाडौंसहित पोखरामा प्रदर्शन गर्ने तयारीमा रास्वपा जुटेको छ । रास्वपाको कार्यालयमा उपसभापतिद्धय डिपी अर्याल, स्वणीम वाग्ले, सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ लगायत पार्टीका केन्द्रीय तहका नेता, कार्यकर्ताहरुको बोक्लो उपस्थिति रहेको छ । 

    रवि लामिछानेविरुद्ध आजै पक्राउ पुर्जी जारी हुन्छ वा हुँदैन भन्ने विषयमा भने एकिन छैन् । यस अघि रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला चल्दा पार्टीले राजधानी काठमाडौंमा उपलब्ध नेता, कार्यकर्ताहरुलाई प्रतिवादको लागि भन्दै कार्यालयमा बोलाएको थियो । 

    सहकारीको रकम हिनामिना गरेको विषयमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन समितिले लामिछानेसहितलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार