सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

पक्राउ पुर्जी

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी 

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी 

आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनलाई असोज १० मा जिम्मेवारीबाट हटाएको

बुधबार, असोज ३० २०८१
बुधबार, असोज ३० २०८१
  • काठमाडौं । ललितपुरको भैसेपाटी प्रहरी विभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु कुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    बलात्कार मुद्दामा फासाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनलाई असोज १० मा जिम्मेवारीबाट हटाएको थियो । 

    यस घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान थालेको थियो । उनीविरुद्ध जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै थप अनुसन्धानको कार्य अगाडी बढाइने जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिबेदन अदालतमा बुझाइने बताएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार