काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने भएको छ ।
आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । असोज पहिलो साता काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले पार्टी पहिलो महाधिवेशन २०८२ बैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको बताए । उनले आजको बैठकले यस अघि सम्पन्न राष्ट्रिय भेलाको पनि समिक्षा भएको बताए ।
उनले भने, “भेला सोचेभन्दा पनि व्यवस्थित भएको थियो भने सहभागि पनि अपेक्षा गरिएको भन्दा धेरै नै थिए । यो हाम्रो पार्टीका लागि टर्निङ प्वाइन्ट भएको छ ।”
