काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान भ्रमणमा जाने भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका सम्बाद सचिव डा. फणिन्द्रराज पाठकले शुक्रबार एक सूचना जारी गर्दै ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान भ्रमणमा जाने जानकारी गराएका हुन् ।
“श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता सवारी होइबक्सने छ,” सम्बाद सचिव पाठकद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
