काठमाडौं । गए रातीदेखिको अविरल वर्षाका कारण मौसममा आएको खराबीका कारण नेपाल नागरिक उड्यन प्राधिकरणले शनिबार बिहान सम्मका सबै आन्तरिक उडान स्थगित गरेको छ ।
प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक उडान शनिबार बिहान सम्मका लागि स्थगित भएको जनाएको हो ।
प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ,“प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरु शनिबार बिहानसम्म स्थगित गरिएको छ ।”
