शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

आग्रह

अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई महावीर पुनको आग्रह : ५ वटा रिसर्च र इनोभेसन सेन्टरहरु हेरेर आउनु होला 

अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई महावीर पुनको आग्रह : ५ वटा रिसर्च र इनोभेसन सेन्टरहरु हेरेर आउनु होला 

सरकारले बजेट नछुट्याएपछि बीरगञ्ज कृषि औजार कारखाना चलाउन डा. पुनले आफ्नो आत्मकथा बेचेर रकम संकलन गरिरहेका छन् ।

बिहीबार , असोज १० २०८१
बिहीबार , असोज १० २०८१
  • काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वटा जति प्रख्यात विश्वविद्यालयहरुको रिसर्च र इनोभेसन सेन्टरहरु हेरेर र बुझेर आउन आग्रह गरेका छन् । 

    बिहिवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डा.पुनले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई अमेरिकामा रिसर्च र इनोभेसन सेन्टरहरु हेर्न र बुझ्नको लागि नेपाली प्रोफेसरहरुले मदत गरि दिन पनि आग्रह गरेका छन् । 

    राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा छन् । ओली अमेरिकामा रहेका बेला पुनले यस्तो आग्रह गरेका हुन् । डा. पुनले अनुसन्धान तथा नवप्रवर्तनका लागि सरकारसँग बजेट माग गर्दै आएका छन् । सरकारले बजेट नछुट्याएपछि बीरगञ्ज कृषि औजार कारखाना चलाउन डा. पुनले आफ्नो आत्मकथा बेचेर रकम संकलन गरिरहेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सम्माननिय प्रधानमन्त्रीज्यू, अमेरिका गएको बेला पाँच वटा जति प्रख्यात विश्वविद्यालयहरुको रिसर्च र इनोभेसन सेन्टरहरु हेरेर र बुझेर आउनु होला । सो को लागि नेपाली प्रोफेसरहरुले मदत गरि दिनु होला, प्लीज ।”

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार