शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

टिकट बुकिङ 

शनिबारदेखि खुल्ने भयो दशैंका लागि अग्रिम टिकट बुकिङ 

शनिबारदेखि खुल्ने भयो दशैंका लागि अग्रिम टिकट बुकिङ 

उक्त सहमति अनुसार विभागले असोज १२ गतेदेखि लागू हुने गरी अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको सिटौलाले बताए ।

मंगलबार, असोज ८ २०८१
मंगलबार, असोज ८ २०८१
  • काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (असोज १२ गते) देखि खुल्ला हुने भएको छ । 

    मंगलबार यातायात व्यवस्था विभाग महानिर्देशक राजिव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले दशैंका लागि असोज १२ गते (अगामी शनिबार) देखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

    यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

    उक्त सहमति अनुसार विभागले असोज १२ गतेदेखि लागू हुने गरी अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको सिटौलाले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार