शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराई लिए नाम फिर्ता 

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराई लिए नाम फिर्ता 

तर समितिले ४५ दिन कटाएर समय दिन सकिन्न भनेपछि उनले आफ्नो नाम फिर्ता लिएका सभापति न्यौपानेले बताइन् । 

मंगलबार, असोज ८ २०८१
मंगलबार, असोज ८ २०८१
  • काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । 

    भट्टराईको नाम राजदूतमा प्रस्ताव भएर संसदीय सुनुवाई समितिमा पुगेपछि समितिले भट्टराईलाई स्नातक तह उत्तिर्ण गरेको प्रमाणपत्र माग गरेको थियो । भट्टराईले उक्त प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् । 

    संसदीय सुनुवाई समिति सभापति ईश्वरी न्यौपानेले भट्टराईले मंगलबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएको जानकारी दिइन् । भट्टराईले अन्तिम समयमा आएर ११ गते सम्मलाई समय माग गरेका थिए । तर समितिले ४५ दिन कटाएर समय दिन सकिन्न भनेपछि उनले आफ्नो नाम फिर्ता लिएका सभापति न्यौपानेले बताइन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार