आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

एसीसी प्रिमियर कप

समूह विजेता बन्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा 

समूह विजेता बन्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा 

ओमानमा भैरहेको खेलमा नेपालले बुधवार साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख ५ २०८१

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

ओमानमा भैरहेको खेलमा नेपालले बुधवार साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । पहिलो तीन खेल जितेर नेपाल यस अघि नै समूह ‘ए’ को विजेता भएर सेमिफाइनल पुगिससकेको थियो । 

आज साउदीसँगको जितले नेपालको शतप्रतिशत जितलाई कायम राखेको हो । आज पहिलो ब्याटिङ गरेर साउदीले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतीमा पुरा ग¥यो । नेपालका गुल्सन झाले नट आउट ३२ रनको योगदान दिए भने कप्तान रोहित कुमार पौडेल १६ रनमा नट आउट रहे । 

त्यस्नै नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए भने आशिफ शेख र कुशल मल्ल २/२ रन बनाएर आउट भए । साउदीका इस्ताक अहमदले २ विकेट लिए भने उस्मान नाजिव र वाजी उल हसनले समान एक–एक विकेट लिए । 

पहिले ब्याटिङ गरेको साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाएका थिए । साउदीका अन्य ब्याट्स्म्यानले भने दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका करण केसी र अभिनाश बोहोराले समान २/२ विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी र प्रतिश जिसीले समान एक–एक विकेट लिए । 

मंगलबार राती परेको पानीका कारण बुधवार बिहान पिच खेल्नको लागि तयार नहुँदा नेपाल र साउदीबीचको खेल ८/८ ओभरमा झारिएको थियो । नेपालले शुक्रबार समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
सम्बन्धित समाचार