काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय भेला सुरु भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आज बिहान रास्वपाका सभापति रवि लामिछानेसहितका पदाधिकारीले मञ्चमा घण्टी बजाएर राष्ट्रिय भेलाको उद्घाटन गरेका हुन् ।
बुधवार सम्म चल्ने यस राष्ट्रिय भेलामा रास्वपाका कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।
भेलाको दोस्रो दिन भोली (बुधवार) सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने र सो प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । यो भेलाबाट रास्वपाले पार्टीको आगामी रणनीति तय गर्नुको साथै राष्ट्रिय महाधिवेशनको मिति समेत तय गर्ने जनाइएको छ ।
