आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

भिसा 

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा 

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा 

अमेरिका जानका लागि भिसा लगाएका सन्दीपलाई त्यतिबेला भने अमेरिकाले भिसा दिन अस्वीकार गरेको

बुधबार, भदौ २६ २०८१
बुधबार, भदौ २६ २०८१
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । 

    आईसीसी विश्वकप लिग– २ खेल्न जानको लागि अमेरिकाले मंगलबार सन्दीपलाई भिसा उपलब्ध गराएको हो । आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राती क्यानडा उडिसकेको छ । भीसा पाएसँगै सन्दीप पनि क्यानडा उडेका छन् । क्यानडामा लिग– २ खेलिसकेपछि नेपाली टोली अमेरिका जानेछ ।

    बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । जिल्लाको अदालतविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गराएका थिए । पुनरावेदनपश्चात् उच्च अदालतले जिल्लाको आदेशलाई बदर गर्दै उनलाई सफाई दिएको थियो । 

    बलात्कार मुद्दामा उच्च अदालतबाट सफाई पाएपछि सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए । टी– २० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका जानका लागि भिसा लगाएका सन्दीपलाई त्यतिबेला भने अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । यस पटक भने उनलाई अमेरिकाले भिसा दिएको हो । 

    यस अघि २०१९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार