सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

राजनीति

एकीकृत समाजवादीको पदाधिकारीमा हुन सकेन सहमति, चुनावको तयारी 

एकीकृत समाजवादीको पदाधिकारीमा हुन सकेन सहमति, चुनावको तयारी 

निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी भएको र चुनाव भोली हुने

सोमबार, भदौ १० २०८१
सोमबार, भदौ १० २०८१
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनमा सहमति हुन सकेन । 

    जारी केन्द्रीय कमिटीको बैठकबाट १८ जना पदाधिकारी चयन गर्ने तयारी थियो । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा सहमति हुन नसकेपछि चुनाव गर्ने तयारी गरिएको छ । 

    सर्वसम्मत तरिकाबाट पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि अध्यक्ष माधव कुमार नेपालले नै चुनावको तयारी गर्ने जानकारी गराएका जनाइएको छ । 

    आकांक्षी धेरै भएकाले सहमतिको प्रयास सहज नभएको बताइएको छ । निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी भएको र चुनाव भोली हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

    एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । दुई पटक गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिएपनि नेताहरुले पदाधिकारी चयन गर्न सकेका छैनन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार