काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ ।
बसमा करिब ४३ यात्री सवार रहेको र आइतबार बिहान बस दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा करिब ३० जना यात्रु घाइते भएका छन् । ती मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर बस पल्टिएको जनाइएको छ ।
