शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

भेटवार्ता 

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटे 

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटे 

नेपालमा ओली नेतृत्वको सरकार बनेपछि भारतको यो पहिलो उच्च अधिकारीको भ्रमण हो । 

आइतबार, साउन २७ २०८१
आइतबार, साउन २७ २०८१
  • काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

    आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका मिश्रीले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । नेपालमा ओली नेतृत्वको सरकार बनेपछि भारतको यो पहिलो उच्च अधिकारीको भ्रमण हो । 

    परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिश्रीले नेपाल भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध विस्तार र द्धिपक्षीय विषयका विविध पक्षमा छलफल गर्ने जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार