आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

‘जनार्दन एमालेमा जाँदैछ भनेर खुमलटारबाट सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिइयो’

‘जनार्दन एमालेमा जाँदैछ भनेर खुमलटारबाट सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिइयो’

स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम ग¥यो

आइतबार, साउन २७ २०८१
आइतबार, साउन २७ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आइतबार पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । 

    शनिबारदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । धारणा राख्ने क्रममा पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले १४ पृष्ठको लिखित प्रस्ताव नै छलफलमा ल्याएका छन् । उनले उक्त प्रस्तावको दुई पृष्ठमा पार्टी फुटबारे चलाइएको हल्लाबारे उल्लेख गरेका छन् । 

    “पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ भन्ने शिर्षकमा शर्माले खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर चलाइएको हल्लालाई बालुवाटारमा पुगेपछि तिव्रता दिइएको दाबी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि आफूले पार्टी फुटालेर एमालेमा जाँदैछ भन्ने हल्लालाई तिव्रता दिइएको शर्माको आरोपछ । 

    उनले लेखेका छन्, “खुमलटारबाट फलानो एमालेमा जाँदैछ भन्ने प्रचारवाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिइयो ।”

    स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको भन्दै उपमहासचिव शर्माले अध्यक्ष प्रचण्ड सरकारमा रहँदा कहिले वर्षमान पुन र कहिले जनार्दन शर्माविरुद्ध दुष्प्रचार गरिएको आरोप लगाएका छन् । 

    janardan-dastabej.jpg
    janardan-dastabej-1.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार