काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट बाहिरिदैँ महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएका छन् ।
बैठकबाट बाहिरिने क्रममा ढकालले सञ्चारकर्मीहरुसँग बोल्दै सहकारी प्रकरणको विषयमा सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएका हुन् । उनले आफूलाई (महामन्त्री) लाई सबै दोष थोपार्न खोजिएको बताए ।
उनले भने, “महामन्त्रीलाई सबै दोष थोपार्न खोजिँदैछ । उहाँ गोर्खा मिडिायमा पनि महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाँही सबै दोष अध्यक्ष जिबी राईको भन्नु हुन्छ । पार्टीमा चाही महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्यै गल्ती गर्दैन भनेजस्तो । उहाँ गोर्खा मिडिायामा पनि निर्दोष, पार्टीमा पनि निर्दाेष ?”
महामन्त्री ढकालले बैठकमा आफूलाई ह्यारेसमेन्ट भएको आरोप लगाएका छन् । उनले आफूलाई जबरजस्ती बोल्न लगाएर ह्यारेस्मेन्ट गरिएको बताए ।
उनले भने, “दुई जना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नु भयो । म बोल्दैन भन्दा किन बोल भनियो । मलाई ह्यारेस्मेन्ट भयो । मैले एउटा राजनीतिक प्रणालीको रुपमा विरोध जनाएको थिए । बोल की बोल भन्न पाइँदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ ।”
