आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन मेयर बालेनको चेतावनी 

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन मेयर बालेनको चेतावनी 

३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको भन्दै मेयर शाहले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा नरहने बताएका छन् । 

आइतबार, असार ३ २०८१
आइतबार, असार ३ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । 

    आर्थिक वर्ष २०८० ८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठक कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन् । 

    ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको भन्दै मेयर शाहले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा नरहने बताएका छन् । 

    हेर्नुहोस मेयर शाहको स्टाटसः 

    ३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।

    काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

    नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।

    काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार