आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

आईसीसी टी– २० विश्वकप

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना 

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना 

उनले आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको दाबी गरेका छन् । 

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । 

    आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । 

    उनले आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको दाबी गरेका छन् । 

    “सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ, विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

    नेपालले आईसीसी टी– २०  विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ः१५ बजे अमेरिकाको डालसस्थित ग्राड पेरी क्रिकेट रंगशालामा शुरु हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार