आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेले सहकारीबाट ऋण लिएका होइनन्, ठगेका हुन् : महामन्त्री थापा

रवि लामिछानेले सहकारीबाट ऋण लिएका होइनन्, ठगेका हुन् : महामन्त्री थापा

सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको थापाको आरोप

बिहीबार , जेठ ३ २०८१
बिहीबार , जेठ ३ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद गगन कुमार थापाले उपप्रधान एवम् गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीबाट ऋण मात्र लिएको नभई ठगी गरेको दाबी गरेका छन् । 

    बिहिवार प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेलको अवस्था उत्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले रवि लामिछानेविरुद्धका प्रमाण जती पनि रहेको बताए । 

    उनले भने, “रवि लामिछानेले सहकारीबाट ऋण लिएको छैन् भनेका छन् । हामीले पनि ऋण लिएको भनेर भनेका छैनौं । उनले ठगेको भनेका छौं । ऋण त सहकारीको सदस्यले लिने हो । उनले ठगेका हुन् । सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन् । 

    महामन्त्री थापाले रवि लामिछानेविरुद्ध सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिष्ट्रार र गोरखा मिडिया अडिटमा समेत प्रमाणहरु छरपस्ट रहेको दाबी गरेका छन् । संसद सहकारी ठगलाई कारबाही गर्ने र जगाउने पक्षमा परिणत भएको थापाले बताए । 

    संसदीय छानबीन समिति गठन नभएसम्म आफूहरु छलफल गरेर नबस्ने भन्दै थापाले आजको बैठमा उत्पन्न परिस्थितिको जिम्मेवारी एमाले र सभामुखले लिनुपर्ने बताए । सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको थापाको आरोप रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार