बिहीबार , मंसिर ४ गते २०८३    

बिहीबार , मंसिर ४ गते २०८३    

संवैधानिक परिषदको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

संवैधानिक परिषदको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

रिक्त पदमा नियुक्ति बारे छलफल हुँदै

आइतबार, चैत १८ २०८०
आइतबार, चैत १८ २०८०
  • काठमाडौं | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको वैठक सुरु भएको छ। रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न उक्त बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । 

    परिषद बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ जनाईएको छ । 

    प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए । 

    प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ । 

    नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरूको व्यवस्था रहेको छ  । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार