आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

रुकुम पूर्वबाट समाजवादको नयाँ सन्देश दिन्छु : प्रचण्ड 

रुकुम पूर्वबाट समाजवादको नयाँ सन्देश दिन्छु : प्रचण्ड 

शुक्रबार, माघ १७ २०८२
शुक्रबार, माघ १७ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोका रुपमा रहेको रुकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफु उम्मेदवार बनेको बताएका छन् । 

    शुक्रबार काठमाडौंमा आयोजित रुकुम पूर्वका नेता, कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्व गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्रविन्दु भएकाले आफू यहाँबाट उम्मेदवार बनेको बताए । 

    रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको संखघोष गरिएको उनले स्मरण गरे । चुनवाङ बैठकले नै महिला, दलित, जनजाती र उत्पीडन वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उनले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताए । 

    चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित भएको प्रचण्डको भनाई रहेको छ । देश अहिले जेजनी आन्दोलन र विभिन्न विध्वंसपछि जटिल मोडमा रहेकाले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाई दिन रुकुम पूर्व रोज्नु परेको उनले बताए । 

    उनले भने, “देश खासगरी जेनजी आन्दोलन भदौ २३ र २४ को विध्वंसपछि असाधारण जटिल परिस्थितिबाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अप्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाई दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुन सक्छ भन्दा हाम्रो पार्टी र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हुन सक्छ भनेर यहाँ आए ।”

    आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान नलागेको उनको दाबी छ । उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ मोडल खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रुपमा विकास गर्ने योजना सुनाए । त्यहाँको जडिबुटी, पर्यटन, अग्र्यानिक कृषि, र आधुनीक भेडापालन मार्फत् हजारौं युवालाई रोजगारी दिएर समाजवादको आधार तयार गर्ने आफ्नो सपना रहेको उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार