आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

बालेन शाह विरुद्ध निर्वाचन आयोगमा उजुरी

बालेन शाह विरुद्ध निर्वाचन आयोगमा उजुरी

घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोग समक्ष माग गरिएको

सोमबार, माघ १३ २०८२
सोमबार, माघ १३ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। 

    निर्वाचन आचारसंहिता प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत घृणात्मक, भ्रामक र मानहानीकारक अभिव्यक्ति दिएको आरोपसहित शाहविरुद्ध आयोगमा उजुरी परेको हो।

    पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको भन्दै निवेदक धर्मराज तिमिल्सिनाले आयोग उजुरी दर्ता गराएका हुन् ।

    यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकतामा भ्रमित पार्ने खतरा रहेको आयोगमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ।

    त्यस्तै, निवेदनमा रास्वपाले महोत्तरी लगायत क्षेत्रमा गरेको चुनावी प्रचार–प्रसारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ ।

    उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोग समक्ष माग गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार