आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

एमालेलाई एकता अभियानमा सामेल हुन प्रचण्डको अपील

एमालेलाई एकता अभियानमा सामेल हुन प्रचण्डको अपील

उनले एमालेलाई कुनै पनि भ्रममा नपरी राष्ट्र निर्माणको अभियानमा लाग्न समेत आह्वान गरे । 

शुक्रबार, माघ १० २०८२
शुक्रबार, माघ १० २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) लाई एकता अभियानमा सामेल हुन अपील गरेका छन् । 

    एमाले ओखलढुङ्गा जिल्ला समितिका नेताहरुलाई नेकपामा स्वागत गर्दै संयोजक प्रचण्डले मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबीचको एकता जरुरी रहेको बताएका छन् । 

    उनले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तीव्रता दिएको समेत बताए । जेनजी पुस्ताले पनि आफ्नो एजेण्डा पूरा गर्न सक्ने पार्टी नेकपा नै रहेको बुझिसकेको संयोजक प्रचण्डको भनाई रहेको छ । 

    एमालेमा रहेका देशभक्त र वामपन्थीहरु पनि नेकपामा समाहित हुने ढोका एमाले ओखलढुङ्गाले खोलिसकेको उनले बताए । उनले एमालेलाई कुनै पनि भ्रममा नपरी राष्ट्र निर्माणको अभियानमा लाग्न समेत आह्वान गरे । 

    उनले भने, “राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म एमालेलाई अपिल गर्न चाहन्छु । हामी सबैका लागि राष्ट्र भन्दा ठूलो अरु केही पनि छैन् । राष्ट्र संकटमा छ । नेपाली जनताको एकताले मात्रै मुलकुकको राष्ट्रियतालाई मात्रै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ । वामपन्थी र कम्युनिष्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सक्दछ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार