काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरूलाई पार्टीको पक्षमा दिनमा १० वटा स्टाटस लेख्न र एसएमएस पठाउन निर्देशन दिएका छन्।
आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा एमालेविरुद्ध दुष्प्रचार गर्ने कार्य भैरहेको भन्दै कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, “हरेकको हातमा मोबाइल छ । हामी सबै आफै सामाजिक सञ्जालका योद्धाहरु हौं । हामी हरेकले यो लडाई लड्नुपर्छ । कम्पतीमा दिनमा १० वटा एसएमएस गर्नुस् । दिनमा १० वटा फेसबुक स्टाटस लेख्नुस् । हामीले गरेका काम लेख्नुस दिनमा १० वटा ।”
पछिल्लो समय सामाजिक सञ्जालमा नो ओली, ओन्नली बालेनको ट्रेन्ड नै चलाइएको छ भने ओलीको स्टाटसमा समेत यस्तो अभियान नै चलाईएको छ । यो अभियान पछि ओलीले एमालेको पक्षमा लेख्न कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
