आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य 

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य 

सुरुमा दबाबमा रहेको वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ४१ रन जोडेको थियो ।

आइतबार, वैशाख १६ २०८१
आइतबार, वैशाख १६ २०८१
  • काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले दोस्रो टी– २० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १६० रनको योगफल तयार गरेको हो । 

    वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेजले २३, केसी काटीले १० रन बनाए भने गुडाकेश केसी ३१ रनमा नट आउट रहे भने हेयडन वाल्स ९ रनमा आउट भए । 

    बलिङतर्फ नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । सुरुमा दबाबमा रहेको वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ४१ रन जोडेको थियो ।

    शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार