शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

जेनजी आन्दोलन

जाँचबुझ आयोगद्धारा रमेश लेखकलाई बोलावट, जालान त बयान दिन ?

जाँचबुझ आयोगद्धारा रमेश लेखकलाई बोलावट, जालान त बयान दिन ?

स्रोतका अनुसार लेखक भने बयान दिन जाने वा नजाने भन्ने विषयमा उनले पत्र बुझेपछि मात्रै थाहा हुने जनाइएको

मंगलबार, पुस ८ २०८२
मंगलबार, पुस ८ २०८२
  • काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन बारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकलाई बयानका लागि  पत्र पठाएको छ । 

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आज पत्र काटिएको हो ।  अध्यक्ष कार्कीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र पठाइएको छैन् । 

    जेनजी आन्दोलन पछि घटनाको यथार्थ अनुसन्धान गर्नका लागि सरकारले कार्कीको अध्यक्षतामा तीन सदस्य अनुसन्धान टोली गठन गरेको थियो।  सुरुमा आयोगलाई तीन महिनाको समय दिएको थियो उक्त समयमा काम  सम्पन्न नभएपछि आयोगको अनुरोधमा सरकारले थप एक महिनाको समय दिएको छ् । 

    आन्दोलनको विषयमा यता राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान जारी राखेको छ । 

    आन्दोलनको क्रममा प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने आफू जाँचबुधm आयोगलाई बयान दिन नजाने बताउँदै आएका छन्।  स्रोतका अनुसार लेखक भने बयान दिन जाने वा नजाने भन्ने विषयमा उनले पत्र बुझेपछि मात्रै थाहा हुने जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार