आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

राजनीति

ओलीलाई कलम फिर्ता दिँदै एमालेमै फर्किन् झाक्री

ओलीलाई कलम फिर्ता दिँदै एमालेमै फर्किन् झाक्री

उनीहरुले सांकेतिक रुपमा कलम फिर्ता गरेका

सोमबार, कात्तिक २५ २०८२
सोमबार, कात्तिक २५ २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलहरुको एकता प्रक्रियामा असहमति जनाएका विघटित एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री र किसान श्रेष्ठसहितका नेताहरु नेकपा (एमाले) मै समाहित भएका छन् । 

    काठमाडौंस्थित राष्ट्रिय सभागृह हलमा सोमबार नेकपा (एमाले) ले आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभा अन्तर्गत झाक्री र श्रेष्ठसहित नेताहरु एमालेमा नै समाहित भएका हुन् । 

    कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा ओडाउँदै झण्डा दिएर पार्टीमा स्वागत गरे भने उनीहरुले सांकेतिक रुपमा कलम फिर्ता गरेका थिए । कलम नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार