आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

शिक्षकहरु दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी 

शिक्षकहरु दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी 

महावीर पुन

आइतबार, कात्तिक २४ २०८२
आइतबार, कात्तिक २४ २०८२
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीहरुका संघसंगठनहरुलाई मान्यता नदिने भएको छ । 

    शिक्षा मन्त्री महावीर पुनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भातृ संगठन एवम् शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्रधानाध्यापक र कर्मचारीका संघसंठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी दिएका हुन् । 

    शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीहरु राजनीतिक दलहरु र दलका गतिविधिमा संलग्न पाइएमा बर्खास्ती गर्ने मन्त्री पुनले चेतावनी समेत दिएका छन् । मन्त्रालयले शिक्षा, र्कचारी तथा प्रधानाध्यापकको हकहितका साथै संविधानप्रदत्त हक अधिकारको सदैव सम्मान गर्ने पनि मन्त्री पुनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    संघसंगठनहरुलाई गैरराजनीतिक, स्वतन्त्र तथा व्यवसायीक प्रकृतिको बनाउन मन्त्री पुनले आग्रह गरेका छन् । 

    mahabir-pun.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार