आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

रास्वपाले नयाँ र विचार मिल्नेहरुसँग चुनावी गठबन्धन गर्ने (राजनीतिक प्रतिवेदनसहित)

रास्वपाले नयाँ र विचार मिल्नेहरुसँग चुनावी गठबन्धन गर्ने (राजनीतिक प्रतिवेदनसहित)

गठबन्धनका नाममा रास्वपाको पहिचान भने छायामा पर्न नदिइने विषय पनि प्रतिवेदनमा उल्लेख

शुक्रबार, कात्तिक २२ २०८२
शुक्रबार, कात्तिक २२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा नयाँ र विचार मिल्ने दलहरुसँग चुनावी गठबन्धन गर्ने भएको छ । 

    शुक्रबार चितवनमा सुरु भएको विस्तारीत बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा रास्वपाले नयाँ र विचार मिल्नेहरुसँग निर्वाचन र सरकार गठनमा सहकार्य गर्न सकिने बताएको हो । 

    “नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरुसँग निर्वाचनमा र निर्वाचन पछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुल्ला राखिएको छ,” विस्तारित बैठकमा प्रस्तुत गरिएको रास्वपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    तर, गठबन्धनका नाममा रास्वपाको पहिचान भने छायामा पर्न नदिइने विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कमजोरी हुने छुट नरहेको रास्वपाको भनाई रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार